मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २२ बिहीबार १७:१२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना संक्रमणबाट थप एकजनाकाे मृत्यु, मृतकको संख्या १० पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २२ बिहीबार १७:१२:००

पाल्पा पूर्वीखोलाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भारतबाट पाँच दिनअघि आएका ती पुरुषको मृत्यु २० जेठमा भएको हो ।

भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि पाल्पाकै मिसन अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

मृत्युपछि थ्रोट स्वाब संकलन गरिएको र उक्त नमुनाको आज आएको रिपाेर्टमा कोरोना पोजेटिभ देखिएको देवकाेटाले जानकारी दिए ।