Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ २२ बिहीबार १४:३७:००
Read Time : < 1 मिनेट
प्रदेश

मोटरसाइकलबाट लडेर महिलाकाे मृत्यु, चालक पक्राउ

Read Time : < 1 मिनेट
२०७७ जेठ २२ बिहीबार १४:३७:००

रौतहटको गरुडामा गुडिरहेको मोटरसाइकलबाट लडेर एक महिलाको मृत्यु भएको छ।  

गरुडा नगरपालिका– ५ महम्मदपुरमा बिहीबार प्रदेश २-३००१ प ४०२९ नम्बरको मोटरसाइकलबाट लड्दा ६० वर्षीया रमसखिया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी फतुआ विजयपुर– ५ की रमसखियालाई गरुडामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज लगिएको थियो।

वीरगञ्ज लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए। घटनापछि मोटरसाइकलचालक फतुवा विजयपुर– ५ का २० वर्षीय सञ्जीव यादवलाई प्रहरीले पक्राउ गरेको छ। 

नातामा भदा पर्ने सञ्जीवले आफ्नी फुपू रमसखियालाई घरबाट कामविशेषले गरुडा लिएर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका सञ्जीव यादवसँग सवारीचालक अनुमतिपत्रसमेत नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको महतोले बताए।