मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २२ बिहीबार ११:२४:००
Read Time : < 1 मिनेट
अर्थ

असन र इन्द्रचोक क्षेत्रका केही पसल खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २२ बिहीबार ११:२४:००

काठमाडाैं उपत्यकाभित्र पुरानो बजारमध्येमा पर्ने असन तथा इन्द्रचोक क्षेत्रमा लकडाउनको अवज्ञा गर्दै केही पसल खुला गरिएको छ ।

सरकारले कर तिर्न ताकेता गरेको, तर केही समय पनि पसल तथा व्यवसाय खोल्न भने नदिएको भन्दै व्यवसायीहरूले विरोध जनाउँदै आएका छन् । 

सोही क्रममा बिहीबार बिहान असन तथा इन्द्रचोक क्षेत्र र आपसासका क्षेत्रका व्यवसायीमध्ये केहीले आ–आफ्नो पसल खोलेका हुन् । 

यस क्षेत्रका केही पसल खुले पनि ग्राहकको उपस्थिति भने खासै देखिएको थिएन । 

सरकारले पछिल्लोपटक लकडाउनको अवधि बढाएर यही ३२ जेठसम्म पुऱ्याएको छ । 

तस्बिर : दीपेन्द्र ढुंगाना