१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ २२ बिहीबार ०९:१२:००
Read Time : < 1 मिनेट
अर्थ

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने

Read Time : < 1 मिनेट
२०७७ जेठ २२ बिहीबार ०९:१२:००

मेगा बैंकको विशेष साधारणसभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले सेयर आदान-प्रदान १:१ को अनुपातमा गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो । 

साधारणसभामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अझै बढ्ने बताइन् । 

‘बैंक अफ दी एयर’ पुरस्कारबाट समेत सम्मानित भएको स्मरण गर्दै उनले प्राप्तिपश्चात् मेगा बैंकको शाखा सञ्जाल ५८ जिल्लामा फैलिने जानकारी दिइन् । २७ वटा वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११औँ स्थान, कर्जाका आधारमा १२औँ र मुनाफाका आधारमा ११औँ स्थानमा रहने सिइओ खुञ्जेलीले बताइन् । 

गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ । त्यस्तै, निक्षेप १ खर्ब २५ अर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी हुने भएको छ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २ सय ६ वटा, एक्स्टेन्सन काउन्टर ३० वटा, एटिएम १ सय ४२ वटा हुनेछन् ।

गण्डकी बैंकको साधारणसभाले पनि पारित गर्‍यो

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकको विशेष साधारणसभाले समेत गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ । 

दुवै बैंकको विशेष साधारणसभाले स्वीकृति दिएसँगै यसै आर्थिक वर्षभित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारी भइरहेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।