मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २२ बिहीबार ०८:५७:००
Read Time : < 1 मिनेट
समाचार

बिओकेद्वारा वीर अस्पताललाई पिपिई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २२ बिहीबार ०८:५७:००

बैंक अफ काठमाण्डूले वीर अस्पताललाई २ सय थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) हस्तान्तरण गरेको छ । बैंकले २ सय थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २ सय थान मास्क र २ सय थान फेस सिल्डहरू हस्तान्तरण गरेको छ ।

उक्त उपकरणहरूले कोरोना भाइरसको प्रकोपबाट संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

लकडाउनको अवधिमा बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टीजस्ता सेवासुविधा प्रदान गरिरहेको छ । साथै, बैंकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङजस्ता डिजिटल बैंकिङ माध्यमहरूको अत्यधिक प्रयोगलाई प्रोत्साहन दिँदै आइरहेको जानकारीसमेत गराएको छ ।