मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २२ बिहीबार ०८:४२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

इम्युनिटी बढाउन आयुर्वेदिक औषधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २२ बिहीबार ०८:४२:००

गत अप्रिलमा भारतले कोरोनाविरुद्ध तीनवटा जडीबुटीमा क्लिनिकल परीक्षण सुरु गर्‍यो– अश्वगन्धा, गुडची, मुलठी र आयुर्वेदिक एन्टिमलेरिया मेडिसिन । तिनको प्रभावकारिता र विज्ञानले पुष्टि गरेका औषधीय गुणका आधारमा अध्ययन थालिएको हो ।

- अश्वगन्धा एन्टिट्युमर, एन्टिस्ट्रेस, कार्डियो प्रोटेक्टिभ, न्युरो प्रोटेक्टिभ र इन्फ्लामेटरी गुणका लागि परिचित छ । यस्तै, गुडची आयुर्वेदमा ज्वरो, पिसाब संक्रमण, पाचनसम्बन्धी समस्या, मधुमेहजस्ता रोग नियन्त्रणका लागि प्रयोगमा ल्याइन्छ । रगतमा चिनीको मात्रा नियन्त्रणका लागि समेत गुडचीलाई प्रभावकारी मानिन्छ । यस्ता जडीबुटी नेपालमा पनि पाइन्छन् । 

कोरोना भाइरसविरुद्धको औषधिबारे अनुसन्धान गरिरहेको बेलायतको नेसनल रिसर्च डेभलपमेन्ट कर्पोरेसनले फिफाटोल नामक आयुर्वेदिक औषधिमाथि अध्ययन गरिरहेको छ । 

- कोरोना भाइरसविरुद्धको औषधिबारे अनुसन्धान गरिरहेको बेलायतको नेसनल रिसर्च डेभलपमेन्ट कर्पोरेसनले फिफाटोल नामक आयुर्वेदिक औषधिमाथि अध्ययन गरिरहेको छ ।

- फिफाटोल प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि हो । यसलाई रुघाखोकी, फ्लु, संक्रमण र दुखाइविरुद्ध प्रभावकारी औषधि मानिन्छ । 

- फिफाटोल सञ्जीवनी, तुलसीलगायत जडीबुटीको मिश्रणबाट तयार पारिन्छ । यसले शरीरमा प्रतिरोधी क्षमता बढाउने भएकाले संक्रमण नियन्त्रणमा राहत दिन्छ ।

- प्रतिरक्षा बढाउने औषधिहरू फाइटोकन्सिट्युन्स, इम्युनोमोडुलेटर र एन्टिअक्सिडेन्टको संयोजन हो, फिफाटोल । यसले शरीरमा एन्टिबडी तयार पार्न पनि सघाउ पुर्‍याउँछ ।

- फिफाटोलजस्ता आयुर्वेदिक औषधि कोरोना भाइरस नियन्त्रणका लागि पनि प्रभावकारी हुन सक्ने आकलनका आधारमा अनुसन्धान भइरहेका छन् । प्रतिरोधी क्षमता र एन्टिबडीले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका वहन गर्ने भएकाले फिफाटोलमाथि परीक्षण सुरु भएको हो ।

- अनुसन्धानकर्ताहरूले फिफाटोललाई श्वासप्रश्वाससम्बन्धी समस्याको औषधिका रूपमा पनि व्याख्या गर्दै आएका छन् । यसले पिनास, शरीरको तापक्रम बढ्ने तथा घाँटी, मांसपेशी र टाउको दुख्ने समस्यामा छिटो राहत दिने उनीहरूको भनाइ छ । यस्ता औषधिले एन्टिबायोटिकको काम गर्ने भएकाले अनुसन्धान गरिनुपर्ने विज्ञहरूको भनाइ छ ।