मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २२ बिहीबार ०६:५९:००
Read Time : < 1 मिनेट
अर्थ

विश्व बैंकद्वारा नेपाललाई १२ अर्ब ऋण स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २२ बिहीबार ०६:५९:००

 विश्व बैंकले नेपालको विद्युत् क्षेत्रको सुधार तथा कोरोना संकटसँग जुध्न भन्दै १० करोड अमेरिकी डलर (१२ अर्ब रुपैयाँ) ऋण दिने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले विकास नीति कर्जा (डिपिसी) शीर्षकमा यो ऋण स्वीकृत गरेको हो । 

यो रकम नेपाल विद्युत् प्राधिकरणलाई वित्तीय रूपमा सबल बनाउन प्रयोग हुने विश्व बैंकले जनाएको छ । ‘नेपालको विद्युत् क्षेत्रको सबलीकरणका लागि निरन्तर सुधार अहिलेको संकट तथा संकटपछिको पुनरुत्थानलाई पनि अत्यन्तै महत्वपूर्ण हो,’ विश्व बैंक नेपालका प्रबन्धक फारिस हदाद जर्भोसले भने । 

कोभिड–१९ का कारण विद्युत् क्षेत्रमा निकै ठूलो असर परेको छ । खासगरी यो महामारीका कारण विद्युत्को माग घटेको छ, प्राधिकरणको नगद प्रवाहमा समस्या भएको छ, त्यस्तै निर्माणका कामहरू रोकिएका छन् । यी समस्याबाट मुक्तिका लागि पनि यो सहयोगले मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।