१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ २१ बुधबार १८:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

संघीयता खारेज गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता

Read Time : < 1 मिनेट
२०७७ जेठ २१ बुधबार १८:२७:००

राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले संघीयता खारेज गर्नुपर्ने भन्दै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी छिन् । उनले बुधबार दिउँसो सिंहदरबार पुगेर  प्रस्ताव दर्ता गराएकी हुन् ।

६२बुँदे प्रस्तावमा संघीय संरचना सबै खारेज गर्नुपर्ने बताइएको छ । सांसद पौडेल भन्छिन्, ‘संविधानमा भएको संघीयता पूर्ण रूपमा खारेज हुनुपर्छ भन्ने हो । संघीयतासम्बन्धी सबै अनुसूचीहरू खारेज गरिनुपर्छ भन्ने हाम्रो माग हो । हाम्रो मूल ध्येय प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित एकात्मक प्रणाली नै अहिलेको हाम्रो माटो सुहाउँदो व्यवस्था हो । यो प्रादेशिक संरचना सेतो हात्ती हो । यसलाई पूरै खारेज गर्नुपर्छ ।’