मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २१ बुधबार १८:३०:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

फैलँदो संक्रमण, संकुचित तयारी : लकडाउनभित्रका ४० कभर स्टोरी

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २१ बुधबार १८:३०:००

कोरोनासँग संघर्ष गरिरहेको सरकार फैलँदो संक्रमण रोक्न सफल भएको छैन । एकपछि अर्को गरेर लकडाउनकै हतियार प्रयोग गरिरहेको सरकारले रोकथामका लागि संकुचित तयारी मात्रै गरेको छ । देश अर्को चरणको लकडाउनमा प्रवेश गरिसकेको छ ।

११ चैतदेखि सुरु भएको लकडाउनकाे आज ७२औँ दिन । यो अवधिमा समाज र प्रेसले खबरदारी त गरिरह्यो तर, सरकारले के गऱ्यो ? प्रश्न निरन्तर जनस्तरबाटै उठिरहेका छन् ।

महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिए तापनि हालसम्म आइपुग्दा लिइएका कदमहरू सफल भएको सरकारको दाबी छ ।

तर, कोरोना भाइरसको लडाइँमा सरकारले सम्पूर्ण शक्ति लगाएकै वेला संक्रमितको संख्या २३ सय र मृतकको संख्या नाै पुगेको छ ।

कोरोना संक्रमतिहरूको संख्याको मिटर दिनदिनै चढेकोचढ्यै छ । समग्र अर्थतन्त्रले घुँडा टेकेको छ ।

लकडाउनले जीवनलाई असहज बनाए पनि यसले सामाजिक दूरी कायम गर्न, केसहरू पहिचान गर्न, आइसोलेसनमा राख्न र सम्पर्कित व्यक्ति पत्ता लगाउन मद्दत पुऱ्याएको सरकारको बुझाइ छ । 

बढ्दो संक्रमण र तयारीको अवस्थाले सरकार लकडाउन थप्ने निर्णयदेखि निर्णयमै अल्मलिएको देखिन्छ ।

लकडाउनका ७२ दिनमा नयाँ पत्रिकाले कोरोनामा सरकारको तयारी र ग्राउन्ड रियालिटीमाथि यस्ता छन् ४० कभर स्टोरी

अग्निपरीक्षामा देश : भूकम्प र नाकाबन्दी बेहोरेको मुलुक अभूतपूर्व परीक्षामा

कोरोना उपचार गर्ने मुख्य अस्पताल टेकुका प्रमुखको गुनासो : ‘समन्वयको यस्तो अभाव छ, संक्रमितका  परिवारको समेत कोरोना टेस्ट भएको छैन’

१० दिनमा राजधानीबाट १२ लाख र भारतबाट  ५ लाख नागरिक गाउँ पसे, तर पसेन जागरण

लकडाउनसँगै मिर्गौलाका चार हजार ६ सय बिरामी समस्यामा  : बिरामी अस्पताल पुग्नै सकस, पुगे पनि आधा मात्र डायलाइसिस 

स्वास्थ्य मन्त्रालयमा राजनीति : भाइरस विशेषज्ञसहितका डाक्टरलाई मन्त्रालय तानेर कामविहीन बनाइयाे

दाहसंस्कारमा ‘नो डिस्काउन्ट’

एक अर्ब २४ करोडको खरिदमा भ्रष्टाचारको इतिवृत्तान्त : माघमा खुलेको टेन्डर चैतमा रद्द, लकडाउन  गरेर तीन घन्टाभित्रै विनाप्रतिस्पर्धा ठेक्का

गत वर्ष मात्रै एक अर्ब ८१ करोडको भन्सार छुट लिएका  निजी अस्पतालले संकटका वेला जनताका लागि गेट बन्द गरे

बिरानो मातृभूमि : ‘मरे पनि आफ्नै देशमा मर्छु भनेर महाकालीमा हाम्फालेँ’

किन रद्द भयो ठेक्का ?

गलैँचा र गाडीका पार्टपुर्जा आयात गर्ने भनेर सञ्चालित कम्पनीलाई स्वास्थ्य सामग्री आयात गर्ने ठेक्का

महाकालीपारि दुर्दशामा हजार नेपाली

नेपालमा एनजिओ र आइएनजिओको बजेट यो वर्ष  ४५ अर्ब ९० करोड, तर कोरोनाको विपतमा मूकदर्शक

वृद्धाश्रममा बेहोस महिलालाई प्रहरी, एम्बुलेन्स चालक र डाक्टरले समेत छुन मानेनन्, तीन घन्टामा गयो ज्यान

नेपालमा जम्मा २१ सय २२ को परीक्षण : कोरोना जाँच गर्ने २४ पिसिआर मेसिन प्रयोगविहीन

खरिद प्रक्रियामा प्रश्न उठाउने स्वास्थ्य सेवा विभागका लेखाप्रमुख रातारात कारागार विभाग सरुवा 

सधैं लकडाउनमा गृहमन्त्री 

नेपालमा ११ लाख ५३ हजार दीर्घरोगी : उपचारमा उल्झन

महामारीपारि नयाँ जिम्मेवारी

स्वास्थ्य सामग्री खरिदमा अख्तियारबाट अनुसन्धान सुरु 

विपन्नलाई राहतमा कुहिएको गन्हाउने चामल

पिपिई जोगाउन टेकुका डाक्टर र नर्स २४सै घन्टा ड्युटीमा

‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’

मजदुर सडकमा छन्, तर चुनावका वेला बसका बस  भरेर मान्छे गाउँमा उतार्ने दलका नेता कहाँ छन् ?

पिपिई सेट लगाएको वेला फोन उठाउन नसक्दा डा. शेरबहादुर पुन कारबाहीमा (डा. पुनसँग विस्तृत अन्तर्वार्तासहित)

डा. पुन भन्छन्, ‘मिडिया र जनताको आवाजले कारबाही रोकियो, न्यायको पक्षमा उभिने नेपालीप्रति आभारी छु’

भूकम्पले भत्काएको घरको ऋण तिर्न गएको छोरा बाकसभित्र  चिरनिद्रामा : ७६ वर्षीया आमा फेसबुकबाट भिडियो कल गर्ने प्रयासमा

घरभित्र बस्नेलाई कोरोनाको त्रास : तर, घरघरबाट निस्किएको  फोहोर उठाउने मजदुरसँग  न पन्जा छ, न मास्क

महामारीका वेला प्रहरीलाई मास्क छैन, हतियार किन्ने तयारी

लकडाउनअघि साढे आठ महिनामा २५% विकास खर्च र ५०% राजस्व संकलन, अधोगतिमा रहेको अर्थतन्त्र कोरोनाले थला पर्दै

लकडाउनमा चार अर्बको तरकारी भारतबाट आयात

भारतबाट आउने तरकारीको विषादी परीक्षण सातादेखि बन्द

संक्रमितको संख्या बढ्दै, तर परीक्षण घटाउँदै सरकार

कोरोनाले ल्याएको अभूतपूर्व आर्थिक संकट सम्बोधन गर्न न नीति न कार्यक्रम

एकै महिनामा ३० हजार सुत्केरी स्वास्थ्य संस्थाको सम्पर्कबाहिर : सुत्केरी आमाको मृत्यु अघिल्लो चैतमा शून्य, यो चैतमा ५३

अतिक्रमित क्षेत्रमा सशस्त्र प्रहरी पठाएर राजधानीको सडकमा सेना : श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई नांगै बनाइयो

कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन भएको ८० दिन, लकडाउन सुरु भएको ५८ दिन : तीन भेन्टिलेटर सरकारले किन्यो, १२ एनजिओले दिए

सिमानामा प्रवासी मजदुरको सागर आइपुग्यो, परीक्षण गर्ने किट आइपुगेन

संकटमा संयमित बजेट, तर मलिन छ अर्थतन्त्रको तस्बिर

देशभर कोभिड अस्पतालमा १६२४ बेड, संक्रमित १४ सय नाघे, अब संक्रमितको उपचार घरमै गर्ने सरकारको तयारी