Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २१ बुधबार १६:०४:००
Read Time : < 1 मिनेट
समाचार

एमसिसी खारेजीको माग गर्दै रोबाेट र ड्रोनमार्फत विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २१ बुधबार १६:०४:००

क्लाइम दि बोर्डर ग्रुपले अमेरिकी विकास सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै रोबाेट र ड्रोनमार्फत विरोध गरेको छ । 

एमसिसी नेपाल र नेपालीको हितमा नभएको भन्दै क्लाइम दि बोर्डर ग्रुपले मंगलबार चितवनमा विरोध आयोजना गरेको हो । 

भरतपुरको हाकिमचोकमा जम्मा भएका स्थानीयहरू रोबाेट र ड्रोनसँगै जुलुस निकालेर भरतपुरस्थित केन्द्रीय बसपार्कसम्म पुगेका थिए । 

भरतपुरको ११ घर भई पुल्चोक इन्जिनियरिङ क्याम्पस काठमाडौंमा इलेक्ट्रिक इन्जिनियरिङ स्नातक तेस्रो वर्षमा अध्ययनरत क्लाइम दि बोर्डरका अभियान्ता पवन पौडेलले तयार पारेको रोबाेटमार्फत उक्त विरोध प्रदर्शन भएको थियो । 

लकडाउनका वेला भएकाले विरोध प्रदर्शनको नयाँ तरिका अपनाएको यस ग्रुपकी अभियान्ता सविना केसीले जानकारी दिइन् । 

सो विरोध कार्यक्रममा ड्रोनले नेपालको झण्डा बोकेको थियो भने रोबाेटले चाहिँ से नो टु एमसिसी लेखेको नेपालको नयाँ नक्सासहितको प्लेकार्ड बोकेको थियो ।