मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
करन ताम्राकार डडेलधुरा
२०७७ जेठ २१ बुधबार १४:४५:००
Read Time : < 1 मिनेट
समाचार

डडेलधुरामा क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु

Read Time : < 1 मिनेट
करन ताम्राकार डडेलधुरा
२०७७ जेठ २१ बुधबार १४:४५:००

डडेलधुरामा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ को असीग्राम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको वडाअध्यक्ष चेतराज भट्टले जानकारी दिए ।

वडाअध्यक्ष भट्टकाअनुसार मंगलबार राति करिब ११ बजेको समयमा शौचालय गएर फर्केलगत्तै एक्कासी बेहोस भएकी उनको त्यसको केहीबरेमै मृत्यु भएको हो । ती महिला आफ्ना श्रीमान् तथा एक छोरा र एक छोरीको साथमा क्वारेन्टाइनमा बसेकी थिइन् । भारतको पञ्जाबबाट आएकी उनी पहिलोपटक गाउंँ आएको बताइएको छ ।

अहिले घटनास्थलमा स्वास्थ्यकर्मीको टोली गएको र उनीहरूले स्वाब संकलन गरेर ल्याएपछि कोरोना परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख आशुतोष श्रेष्ठले बताए । उनको मृत्युको कारण रिपोर्ट आएपछि मात्र खुल्ने पनि उनले स्पष्ट पारे ।