मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ जेठ २१ बुधबार १३:४५:००
Read Time : < 1 मिनेट
समाचार

जातीय विभेदविरुद्ध झापामा प्रदर्शन, दलित विद्यार्थीले आफूले आफैँलाई हाने कोर्रा !

Read Time : < 1 मिनेट
२०७७ जेठ २१ बुधबार १३:४५:००

जातीय विभेदविरुद्ध झापामा नयाँ शैलीमा आन्दोलन गरिएको छ। झापाका दलित विद्यार्थीले आफूले आफैँलाई कोर्रा हान्दै प्रदर्शन गरेका हुन्।

नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनको आह्वानमा बिर्तामोडमा युवा विद्यार्थीले प्रदर्शन गरेका हुन्। युवा विद्यार्थीले नांगो शरीरमा आफूले आफैँलाई कोर्रा हान्दै बिर्तामोडको मुक्तिचोक क्षेत्रमा प्रदर्शन गरेका छन्।

पश्चिम रुकुममा ६ जना युवाको ज्यान जाने गरी भएको हत्याकाण्डलगायत देशभर भएका जातीय विभेदविरुद्ध सांकेतिक विरोध गरिएको संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मग्रांतीले बताए। ‘अहिले पनि दलितले मान्छे भएर बाँच्न पाएका छैनन्,’ उनले भने, ‘छुवाछुतमुक्त राष्ट्र घोषणा गर्दा पनि विभेद उस्तै छ।’ प्रदर्शनलाई उनले मृत्यु र पीडा सहेर पनि दलित बाँचिरहेको संकेत भएको बताए। 

प्रदर्शनमा सहभागीले नवराज विकसहित रुकुम पश्चिम घटनामा मारिएका ६ युवाका हत्याका दोषीलाई हदैसम्म कारबाहीको माग गरेका छन्। प्रदर्शनमा सहभागीले प्रेमको बदला हत्या गरिएको भन्दै सबैले सम्मानित रूपमा बाँच्न पाउनुपर्ने माग गरे।