मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २१ बुधबार १२:४०:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना संक्रमण फैलन नदिन जुम्लामा कर्फ्यु जारी

Read Time : < 1 मिनेट
२०७७ जेठ २१ बुधबार १२:४०:००

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमण फैलन नदिन भन्दै तीनदिने निषेधाज्ञा जारी गरेको छ ।

आज २१ जेठ बिहान नाै बजेदेखि लागू हुने गरी जारी गरिएको निषेधाज्ञा २३ जेठको मध्यरातसम्म कायम रहनेछ । कोरोना संक्रमणको सम्भावित उच्च जोखिमको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

निषेधाज्ञामा कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि औषधि र स्वास्थ्य सेवाबाहेकका अन्य कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्किन भनिएको छ । अनुमतिप्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेकका सबै प्रकारका सार्वजनिक वा निजी सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ ।

उक्त आदेशको उल्लंघन गर्ने जोकोही व्यक्तिलाई पनि प्रचलित कानुन संक्रामक रोग ऐन, २०२० को दफा २ (२) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम कारबाही गरिनेसमेत प्रशासनले जनाएको छ ।