मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २१ बुधबार ०६:५८:००
Read Time : < 1 मिनेट
अर्थ

सिटिजन्स बैंकले बोलायो विशेष सभा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २१ बुधबार ०६:५८:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जेठ २७ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्तावसहित विशेष साधारणसभा बोलाएको हो । बैंकले यसअघि १० चैतमा बोलाएको विशेष साधारणसभा कोरोना भाइरसका कारण नेपाल लकडाउनमा भएकाले सभा स्थगित भएको थियो । 

त्यसैगरी, सहयोगी विकास बैंकले पनि स्थगित भएको १६औँ वार्षिक साधारणसभा जेठ २४ गते बोलाएको छ । बैंकले सिटिजन्स बैंकसँग विलयको प्रस्तावसहित प्रस्तावित १८ दशमलव ७२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । बैंकले यसअघि १० चैतका लागि साधारणसभा बोलाएको थियो । उक्त अवधिमा कोरोना भाइरसका कारण सभा सम्पन्न गर्न सकेको थिएन । 

दुवै कम्पनीले लकडाउनकै बीच विशेष सावधानी अपनाएर सभा गर्ने तयारी गरेका छन् । सभाले सहयोगी विकास बैंकको १ सय कित्ता सेयरबराबर सिटिजन्स बैंकको ९१ दशमलव ७५ कित्ता सेयर आदान–प्रदान अनुपात कायम गर्ने गरी प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ ।

यी दुवै कम्पनीबीच गत असार २२ गते प्राप्तिसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतालाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेकाले अन्तिम सम्झौताका लागि सभामार्फत प्रस्ताव पारित गर्न लागिएको हो । प्राप्ति प्रयोजनका लागि सहयोगी विकास बैंकको सेयर कारोबार गत असार २३ गतेदेखि बन्द रहेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनलको चुक्ता पुँजी ८ अर्ब ६२ करोड २१ लाख रहेको छ । सहयोगी विकास बैंकलाई प्राप्ति गरेपश्चात् ९ अर्ब ८ करोड ९८ लाख १७ हजार पुग्नेछ ।