Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २१ बुधबार ०७:३०:००
Read Time : > 1 मिनेट
सेयर बजार

सगुनको दोस्रो चरणको सेयर निष्कासन

कम्तीमा ९ सय डलरको किन्न सकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २१ बुधबार ०७:३०:००

अमेरिकामा रहेका नेपालीहरूको एक समूहले स्थापना गरेको सामाजिक इ–कमर्स स्टार्ट अप कम्पनी सगुनले अर्को चरणको सेयर निष्कासन गरेको छ । विश्वभरबाट लगानी जुटाउने उद्देश्यले कम्पनीले दोस्रो चरणको सेयर निष्कासन गर्न लागेको हो । 

सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएको कम्पनीले दाबी गर्दै आएको छ । अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी)ले केही समयअघि सगुनको विवरणपत्रलाई बिक्रीयोग्य तोकेको कम्पनीले जनाएको छ ।

सगुनले यस चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने योजना ल्याएको छ । सेयरमा विश्वभर रहेका सर्वसाधारणले कम्तीमा ३० कित्ता सेयर (९ सय डलरको) खरिद गर्न सक्ने जनाइएको छ । कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निष्कासन गरेको जनाएको छ । 

सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निष्कासन गरेको थियो । त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेको कम्पनीको दाबी छ । यसले मोबाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रोइडमा सोसियल स्मार्ट कार्ड तथा वेब ब्राउजरहरूका लागि वेब एप्लिकेसन सार्वजनिक गरेको जनाएको छ ।

सगुनका संस्थापक गोविन्द गिरीले सगुनले विश्वभरिका प्रयोगकर्ताको आवश्यकता र चासो पूरा गर्ने बताए । उनले भने, ‘विश्वभरका मानिसले सगुनलाई फरक खालको अर्थपूर्ण सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नुभएको छ । उहाँहरूको सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्ध अवस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौँ ।’

सगुनले विश्वभरका प्रयोगकर्ताको आवश्यकता र चासोलाई पूरा गर्ने उनको दाबी छ । सगुनमा मानिसहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र होइन, सोसियल इ–कमर्समा समेत सहभागी हुन सक्ने उनले बताए । नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाई अझ धेरै मन पराएको उनको दाबी छ । ‘

रेज ए प्लस’ मिनी आइपिओ निष्कासनले सर्वसाधारणलाई स्टार्ट अप कम्पनीमा सेयर लगानी गरेर स्वामित्व हासिल गर्ने सुनौलो अवसर प्रदान गरेको उनको भनाइ छ । सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजीकरण र नियमनका लागि फन्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको जनाइएको छ ।