मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ २० मंगलबार २०:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गोठालो गएका तीन बालबालिकाको ठूलीभेरीमा बगेर मृत्यु

Read Time : < 1 मिनेट
२०७७ जेठ २० मंगलबार २०:४९:००

डोल्पाको  ठूलीभेरी नदीमा बगेर तीन बालबालिकाको मृत्यु भएको छ । ठूलीभेरी नगरपालिका– ९ मोतीपुरमा गोठालो गएका वेला ठूलीभेरी नदीमा गाईवस्तु गएपछि फर्काउने क्रममा तीनैजनालाई बगाएको हो ।

मोतीपुरकी १२ वर्षीया यशाेदा भण्डारी र १० वर्षीय विजय कठायतलाई घटनास्थलदेखि करिब दुई किलोमिटर टाढा बगाउँदै गरेको अवस्थामा  उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दुनै पुऱ्याइएको  थियो । उनीहरू दुवैजनालाई विमानस्थल सुरक्षागार्ड जुफालबाट भित्तीमा खटिएको प्रहरी टोली र स्थानीयले उद्धार गरेका थिए  

बेहास अवस्थामा अस्पताल पुऱ्याएको केही समयपछि अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

अर्की अन्दाजी ११ वर्षीया गंगा कठायतलाई घटनास्थलदेखि करिब पाँच किमि टाढा बगाउँदै गरेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका– १ स्थित त्रिपुराकोट बगरबाट मृत अवस्थामा प्रहरी चौकी त्रिपुराकोटका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।