मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २० मंगलबार १९:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सोती घटनामा बेपत्ता भएका शाहीको शव फेला, मृतकको संख्या ६ पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २० मंगलबार १९:२३:००

रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका– ८ सोतीमा १० जेठमा भएको घटनामा बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ । घटनापछि जाजरकोटस्थित भेरी नदीमा बेपत्ता भएका भेरी नगरपालिका– ११ बस्ने १८ वर्षीय गोविन्द शाहीको शव फेला परेको हो । 

शाहीको शव मंगलबार साँझ पाँच बजेर ५५ मिनेटमा भेरी नगरपालिका– १३ स्थित भेरी नदीमा स्थानीय बासिन्दाले फेला पारेको प्रहरीले जनाएको छ ।

कपडाले टाउको बाँधेको, दाँत भाँचिएको र टाउको फुटेको अवस्थामा शव फेला परेको उद्धारमा खटिएका छवि पन्तले जानकारी दिए । योसँगै सो घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

चौरजहारी नगरपालिका– ८, सोतीगाउँकी युवतीसँग प्रेमविवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका– ४ का नवराज विकसहित युवाहरूमाथि स्थानीयले आक्रमण गरेका थिए ।