मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २० मंगलबार १६:३४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

नयाँ दुई सय ८८ जना  कोरोना संक्रमित थपिए, देशभर २०९९ जनामा कोरोना संक्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २० मंगलबार १६:३४:००

पछिल्लो समय दुई सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर दुई हजार ९९ जनामा कोरोना संक्रमण फैलिन पुगेको छ । 

नयाँ थपिएकामा दुई सय ७० जना पुरुष र १८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

देशभरका १९ सय ४९ जना पुरुष र एक सय ५० जना महिला कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् । 

नयाँ थपिएकामा रौटहटका ३८, स्याङ्जाका पाँच, बर्दियाका तीन, बाँकेका १७, सुर्खेतका २७, दैलेखका नाै, सल्यानका १८ र अछामका १० जना रहेका छन् ।

त्यसैगरी बाराका एक, दाङका १७, प्युठानका एक, कञ्चनपुरका आठ, कैलालीका १०, धनुषाका ६, महोत्तरी  दुई, रौतहटकै ३६ जना, सर्लाहीका २१, सिराहाका १७, भक्तपुरका एक, धादिङका एक, कपिलवस्तुका १६ जना, काठमाडौंका चार स्वास्थ्यकर्मी, नवलपरासीका एक, नवलपरासी पश्चिमका १, नवाकोटका दुई र रुपन्देहीका १० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

पछिल्लो समयमा ४५ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनामाथि विजयी भई दुई सय ६६ जना डिस्चार्ज भएका छन् । 

जसमा पुरुष दुई सय १२ र महिला ५४ जना रहेका छन् । 

हाल प्रदेश १ मा एक सय २० जना, प्रदेश २ मा सात सय ११ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३४ जना संक्रमित उपचारमा छन् । त्यसैगरी प्रदेश ५ मा ६ सय २२, कर्णाली प्रदेशमा दुई सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी कुल कुल एक हजार आठ सय २५ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म पिसिआर विधिबाट ७५ हजार तीन सय ४३ को कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी आरडिटी विधिबाट एक लाख १६ हजार तीन सय ४५ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । 

हाल देशभर एक लाख ४५ हजार तीन सय ७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यीमध्ये धेरैजसो भारतबाट स्वदेश फर्किकाहरू रहेको मन्त्रालयको भनाइ छ ।