१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २० मंगलबार १५:१८:००
Read Time : < 1 मिनेट
समाचार

एचआइभी संक्रमित बालबालिकालाई पोषणयुक्त खाद्यान्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २० मंगलबार १५:१८:००

राष्ट्रिय एचआइभी तथा एड्स महासंघ नेपाल (एनएपिएन)ले एचआइभी संक्रमित बालबालिकालाई राहतस्वरूप पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको छ ।

एनएपिएनले देशभर रहेका सबै एचआइभी संक्रमित बालबालिकालाई घरघरमै पुगेर पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको हो । लकडाउनका कारण बालबालिकालाई पोषणयुक्त खाद्यान्नको अभाव हुन नदिन राहत उपलब्ध गराइएको एनएपिएनका अध्यक्ष राजेश दिदियाले बताए । उनले पहिलो चरणमा १२ वर्षमुनिका ६ सय ६८ बालबालिका र दोस्रो चरणमा १३ वर्षदेखि १८ वर्षसम्मका ६ सय १७ जना किशोर–किशोरीलाई दुई महिनाका लागि पुग्ने गरी खाद्यान्न तथा पोषण उपलब्ध गराइएको बताए ।

ग्लोबल फण्डको क्षेत्रीय सहयोगबाट बालबालिका र किशोर–किशोरीलाई राहत उपलब्ध गराइएको अध्यक्ष दिदियाले बताए । एनएपिएनले आठ किलो चामल, दुई किलो दाल, दुई किलो गेडागुडी, १५ वटा अन्डा, दुई किलो गहुँको पीठो, एक किलो चिनी, खानेतेल डेढ लिटर र एक लिटर फलफूलको जुस वितरण गरेको हो ।

यस्तै, एनएपिएनले ४५ वर्षमाथिका सात सय ३२ एचआइभी संक्रमितलाई पनि दुई महिनालाई पुग्ने खाद्यान्न तथा पोषण उपलब्ध गराएको छ । अहिले देशभर करिब १८ हजार एचआइभी संक्रमित रहेको बताइएको छ ।