मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका डडेल्धुरा
२०७७ जेठ २० मंगलबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार

क्वारेन्टाइनमा बसेकालाई दैनिक दुईसय भत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
२०७७ जेठ २० मंगलबार १५:०४:००

डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टाइनमा बसेकालाई खाना र खाजाबापत जनही दैनिक दुईसय रुपैयाँका दरले भत्ता दिन थालेको छ।

१४ जेठमा कार्यपालिकाले गरेको निर्णयानुसार नगरक्षेत्रका क्वारेन्टाइनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक दुईसय रुपैयाँका दरले पत्ता दिन थालिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यायले जानकारी दिए। 

राससका अनुसार डडेल्धुरा बहुमुखी क्याम्पस र महेन्द्र माविलगायत क्याम्पसमा क्वारेन्टाइन निर्माण गरिएका छन्। 

तर, क्वारेन्टाइनमा बस्ने सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टाइनमा नागरिकलाई राख्ने गरिएको छ। त्यसरी बसेका व्यक्तिले आआफ्नो घरबाट खानाको व्यवस्था गर्नुपर्ने छ। 

त्यसवापत सम्बन्धित व्यक्तिलाई दैनिक दुईसय रुपैयाँका दरले भत्ता दिने गरिएको उपाध्यायले जानकारी दिए।  

अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ क्वारेन्टाइनमा हाल ६ सय २८ जना बसिरहेका नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले बताए।