Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २० मंगलबार १४:२१:००
Read Time : < 1 मिनेट
समाचार

पर्वतमा पहिलोपटक देखियो कोरोना, पर्वत र स्याङ्जाका १० जनामा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २० मंगलबार १४:२१:००

गण्डकी प्रदेशको पर्वत जिल्लामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ। पर्वतमा मंगलबार पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशअन्तर्गतको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले जनाएको छ।

पर्वतसँगै मंगलबार गण्डकी प्रदेशकै स्याङ्जा जिल्लामा पनि पाँचजनामा संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनोदबिन्दु शर्माले जानकारी दिए।

शर्माले मंगलबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार पर्वतको फलेबास नगरपालिका घर भएका २० र ४० वर्षीय दुई पुरुष तथा महाशिला गाउँपालिका ठेगाना भएका १९, २० र २१ वर्षका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित पाँचैजना सदरमुकाम कुस्मामा रहेको क्वारेन्टाइनमा छन्।  उनीहरूलाई जिल्ला अस्पतालको आइसोलेसनमा लाने तयारी भइरहेको शर्माले बताए।

त्यसैगरी स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका चार पुरुष र बिरुवा गाउँपालिका ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।
 
स्याङ्जाका संक्रमितलाई पनि जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ। 

हेर्नुस् गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको प्रेस विज्ञप्ति: