१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ जेठ २० मंगलबार १३:५१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कर्णालीमा २९ संक्रमित थपिए, संक्रमितको संख्या दुई सय ६२ पुग्यो

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ जेठ २० मंगलबार १३:५१:००

कर्णाली प्रदेशमा २९ जना कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमा सुर्खेतका ११ जना, सल्यानका नाैजना र अछामका नाैजना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यससँगै कार्णालीमा कोरोना संक्रमितको संख्या दुई सय ६२ पुगेको छ । हालसम्म दैलेखमा ९८ जना, सुर्खेतमा ७० जना, सल्यानमा ५३ जना, जुम्लामा १९ जना, कालिकोटमा १८ जना, मुगुमा एकजनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरामा एकजना, अछाममा १० जना र बझाङमा एकजना कोरोना संक्रमित रहेका छन् ।