Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २० मंगलबार १३:४५:००
Read Time : > 1 मिनेट
अर्थ

सगुनद्वारा विश्वबजारमा दोस्रो सेयर निष्कासन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २० मंगलबार १३:४५:००

अमेरिकामा रहेका नेपालीले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुन (www.sagoon.comले विश्वभरबाट लगानी जुटाउन दोस्रो चरणको सेयर निष्कासन गरेको छ। 

सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन्। अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी)ले केही समयअघि सगुनको विवरणपत्रलाई बिक्रीयोग्य तोकेको थियो। 

सगुनले दोस्रो चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले तीन लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ। सगुनको सेयरमा विश्वभर रहेका सर्वसाधारणले कम्तीमा ३० कित्ता सेयर (नाै सय डलरको) खरिद गर्न सक्नेछन्। कम्पनीले सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी सेयर निष्कासन गरेको हो।

सगुनले सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निष्कासन गरेको थियो। त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट चार हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए।  

पहिलो चरणमा लगानी जुटाएपछि सगुनले निकै फड्को मारेको छ। यसले मोबाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रोइडमा सोसियल स्मार्ट कार्ड तथा वेब व्राउजरहरूका लागि वेब एप्लिकेसन सार्वजनिक गरेको छ।
  
‘हामी विश्वभरिका लगानीकर्ताहरूबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौँ। उहाँहरूले सगुनलाई फरकखालको अर्थपूर्ण सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नुभएको छ,’ सगुनका संस्थापक गोविन्द गिरीले भने, ‘उहाँहरूको सहयोगले सगुन बालकदेखि वृद्ध अवस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बन्न सकेको छ।’

उनले सगुनलाई एउटा फरक खालको प्लेटफर्म निर्माण गर्न कडा मिहिनेत गरेको बताए। ‘यसले विश्वभरका प्रयोगकर्ताको आवश्यकता र चासोलाई पूरा गर्नेछ,’ गिरीले भने। नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाई अझ धेरै मन पराएको गिरीले बताए।। 

दुई मुलुकका प्रयोगकर्ताले दिनमा २३ पटकभन्दा बढी सगुन खोल्ने गरेको जानकारी दिए। ‘सगुनका प्रयेगकर्ताले दैनिक एक घन्टाभन्दा बढी समय यसमा खर्च गर्दै आएका छन्,’ गिरीले भने, ‘अरूले सुनाएकै अधारमा प्रयोगकर्ताको साप्ताहिक वृद्धि दर ३० प्रतिशत देखिएको छ।’  

‘रेज ए प्लस’ मिनी आइपिओ निष्कासनले सर्वसाधारणलाई स्टार्ट अप कम्पनीमा सेयर लगानी गरेर स्वामित्व हासिल गर्ने सुनौलो अवसर प्रदान गरेको छ। सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजीकरण र नियमनका लागि फन्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ। 

सगुनले अहिलेको सार्वजनिक निष्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ। यसपटकको निष्कासन सीमित समयका लागि मात्र खुला रहने संस्थाले जनाएको छ। यसपटक सर्वसाधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको अधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुनका नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ। 

सगुनको सेयर खरिद गर्न इच्छुक व्यक्तिले https://www.sagoon.com/invest  मा गएर वा सगुन एपमा रहेको मिनी आइपिओ (Sagoon Mini-IPO ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन्  । त्यहाँ सेयर बिक्री आह्वानपत्र पनि उपलब्ध छ।