मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २० मंगलबार ०६:४०:००
Read Time : < 1 मिनेट
अर्थ

महालक्ष्मी विकास बैंकद्वारा अनलाइन खाता सेवा सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २० मंगलबार ०६:४०:००

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थितिमा ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस सेवाबाट महालक्ष्मी विकास बैंकमा खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूले अनलाइन खाता खोल्नका लागि आवेदन दिन तथा खाता खोल्दा आवश्यक कागजात सजिलै पेस गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

बैंकको वेबसाइटमार्फत महालक्ष्मी अनलाइन सेभिङ अकाउन्ट देशभर रहेका १ सय २ वटा शाखाबाट सजिलै खाता खोल्न सकिनेछ । अनलाइन खाता खोलेपछि ग्राहकको खाता नम्बर र आवश्यक जानकारी फाराममा उल्लेख गरेको इमेल ठेगानामा पठाइने बताइएको छ ।