मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २० मंगलबार ०७:३७:००
Read Time : < 1 मिनेट
अर्थ

लकडाउनको विकल्प खोज्न  विज्ञापन संघको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २० मंगलबार ०७:३७:००

नेपाल विज्ञापन संघ (आन)ले लामो लकडाउनका कारण नागरिकको स्वास्थ्यसँगै जनजीविकाको विषयमा पनि चासो लिनुपर्ने अवस्था आएको जनाएको छ । ०७६ चैत ११ गतेदेखि देशव्यापी रूपमा लगाएको लकडाउनलाई पुनः ०७७ जेठ ३२ गतेसम्मका लागि कायम राख्ने निर्णय गरेसँगै सबै क्षेत्र प्रभावित भएको भन्दै संघले विकल्प खोज्न आग्रह गरेको हो । 

लामो समयसम्मको लकडाउनले गर्दा आमसर्वसाधारण जनता एवं उद्योग–व्यवसाय, कलकारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई बुझेर बिस्तारै सुरक्षित तवरबाट जनजीवनलाई सहज हुने गरी केही खुकुलो पार्न आवश्यक भएको भन्दै विकल्प खोज्न आग्रह गरिएको संघले जनाएको छ । 

उद्योग–व्यवसाय, कलकारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर बन्द गरिरहँदा आमजनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेसाकर्मी सञ्चालक, उद्योगीलाई आर्थिक रूपमा क्षतिका अलावा अर्बौंको लगानीसमेत डुब्ने संघले ठहर गरेको छ ।

राज्यले एक अभिभावकको भूमिका निर्वाह गर्दै रोगको महामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई सँगसँगै अगाडि बढाउन सरोकारवालापक्ष तथा विशेषज्ञसमेतको परार्मश गरी मध्यम मार्ग निकाल्न अपरिहार्य भएको संघले जनाएको छ । राज्यको सामु अहिले आमसर्वसाधारणको बचाउ र आर्थिक क्रियाकलाप सुचारु गर्नुको विकल्प नभएको संघको जिकिर छ ।

उद्योगी–व्यवसायीले सुरक्षित तवरबाट व्यवसायको क्रमिक सञ्चालन गर्ने र सरकारबाट पनि त्यसको उचित वातावरण बनाउन सुरक्षाकर्मीको परिचालन र अधिकभन्दा अधिक संक्रमित व्यक्तिहरूको जाँच परीक्षण गरेर अघि बढ्न आवश्यक रहेको संघले आग्रह गरेको छ । संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशि’ले नेपाल सरकारले जारी गरेको कोरोना भाइसरबाट बच्ने उपायहरूको पूर्ण पालना गर्दै स्वास्थ्यसम्बन्धी सचेतता पालन गरेर व्यवसाय तथा उद्योगहरू यथाशक्य सञ्चालनमा ल्याउनका लागि आग्रह गरे ।