Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १९ सोमबार १८:३६:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

कोरोना मिटर : फेरि १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

Read Time : > 2 मिनेट
२०७७ जेठ १९ सोमबार १८:३६:००


सोमबार साँझ १३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्ला संक्रमित पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।  

यसअघि सोमबार दिउँसो दुई सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा  सर्लाही, मोरङ, झापा, धनुषा, सिराहा, महोत्तरी, मकवानपुर, कपिलवस्तु, दाङ, रौटहट, नवलपरासी, दैलेख, जुम्ला, पाल्पा, कैलाली, बाँके, डोटी, बैतडी, अछाम, कञ्चनपुरलगायत जिल्लाका थिए । 

जनस्वास्थ्य प्रयोगशाला टेकु, जनस्वास्थ्य प्रयोगशाला, विराटनगर, प्रदेशिक प्रयोगशाला, पोखरा, सेती प्रादेशिक अस्पताल, धनगढी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला, जुम्ला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, धुलिखेल अस्पताल, काभ्रे, प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो। 

सोमबार पुष्टि भएका संक्रमितमा दुई सय १३ जना पुरुष र १३ जना महिला छन्। अहिलेसम्म एक सय ३१ जना महिलामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।

सोमबारसम्मको विवरणअनुसार नेपालका कोरोना देखिएका जिल्लाको संख्या ५९ पुगेको छ। सोमबार डोटीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ। 

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ९२ जनामा कोरोना पुष्टि भएको देवकोटाले बताए। डा. देवकोटाका अनुसार हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या एक लाख ३३ हजार नौ सय ७५ छ। देशभरबाट हालसम्म दुई सय २२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। 

डिस्चार्ज हुनेमा ४८ जना महिला छन्। हाल देशभर गरेर चार सय ७३ जना सम्भावित संक्रमणको ‘रेडजोन’मा छन्।

सर्लाहीका ३८ सहित प्रदेश २ मा सोमबार एकैदिन ८२ जनामा संक्रमण पुष्टि भएको छ। सर्लाहीका ३८, रौटहटका १८, सप्तरीका १२, सिराहाका पाँच र महोत्तरीका दुईजनामा संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला, जुम्लामा गरिएको परीक्षणमा सोमबार ४३ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ। त्यसैगरी धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको देवकोटाले बताए। 

हालसम्म पिसिआर विधिबाट गरिएको परीक्षणको संख्या ७१ हजार नौ सय तीन पुगेको छ। त्यसैगरी, आरडिटी विधिबाट गरिएको परीक्षणको संख्या एक लाख १३ हजार सात सय ५७ पुगेको छ। भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सातजनामा कोरोना पोजेटिभ आएको छ।

गएको २४ घन्टामा पिसिआर विधिबाट गरिएको परीक्षणको संख्या दुई हजार तीन सय १० छ भने आरडिटी विधिबाट दुई हजार ६ सय ४८ छ।

हाल प्रदेश १ मा तीन हजार नौ सय ७७, प्रदेश २ मा २१ हजार नाै सय ३२, बागमती प्रदेशमा दुई हजार ६ सय ५४, गण्डकी प्रदेशमा तीन हजार नाै सय ३७, प्रदेश ५ मा ३८ हजार दुई सय ३०, कर्णाली प्रदेशमा २२ हजार चार सय ७४ र सुदूरपश्चिम प्रदेशमा ४० हजार सात सय ७१ जना गरी कुल एक लाख ३३ हजार नाै सय ७५ जना क्वारेन्टाइनमा छन्। 

प्रदेश १ मा एक सय ३८ जना, प्रदेश २ मा पाँच सय ८९ जना, बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा २३ जना, प्रदेश ५ मा पाँच सय ७० जना, कर्णाली प्रदेशमा एक सय ९७ जना र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी कुल एक हजार पाँच सय ६९ जना आइसोलेसनमा रहेका छन्। 

प्रादेशिक विवरणअनुसार प्रदेश १ का नाै जिल्लामा एक सय ६८ जना, प्रदेश २ का आठ जिल्लामा ६ सय ९४ जना, बागमती प्रदेशका १२ जिल्लामा ४६ जना, गण्डकी प्रदेशका ६ जिल्लामा २६ जना, प्रदेश ५ का १० जिल्लामा ६ सय २१ जना, कर्णाली प्रदेशका ५ जिल्लामा एक सय ९८ जना र सुदूरपश्चिम प्रदेशका नाै जिल्लामा ४५ जना गरी देशभर जम्मा एक हजार सात सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।