१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ १९ सोमबार १५:२७:००
Read Time : < 1 मिनेट
समाचार

तिब्बत सरकारद्वारा प्रदेश १ सरकारलाई आठ करोडबराबरको स्वास्थ्य सामग्री सहयोग 

Read Time : < 1 मिनेट
२०७७ जेठ १९ सोमबार १५:२७:००

चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले प्रदेश १ सरकारलाई आठ करोड रुपैयाँबराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

सात करोड ७४ लाख मूल्यबराबरको स्वास्थ्य सामग्री नेपाल–चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो।

परिषद्को प्रदेश १ का कोअर्डिनेटर मुकेश उपाध्यायका अनुसार हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा पिसिआर मेसिन दुई सेट, भेन्टिलेटर तीन थान, एक्स रे पोर्टेबल मेसिन एक थान छ।

त्यस्तै आरडिटी किट १० हजार थान, भिटिएम भाएल १० हजार, स्वाबस्टिक २० हजार थान, पिपिई पाँच हजार सेट, एन ९५ मास्क, पाँच हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस सिल्ड २५ सय, आइआर थर्माेमिटर दुई सय, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेसिन एक थान, ह्यान्ड स्यानिटाइजर पाँच सय मिलिलिटर रहेको छ। 

प्राप्त भएको स्वास्थ्य सामग्रीले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनालाई प्रभावकारी बनाउने मुख्यमन्त्री राईले बताए। उनले स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै तिब्बत सरकारलाई धन्यवाद दिए।  

प्रदेश १ मा करिब ८ हजारको पिसिआर परीक्षण भएको छ। प्रदेश १ मा अहिलेसम्म एक सय ६२ जनालाई कोभिड– १९ पुष्टि भएको छ  जसमध्ये ३० जना निको भएर घर फर्किसकेका छन्।