१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १९ सोमबार ११:२६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

एपमार्फत शारीरिक व्यायाम जोखिमपूर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १९ सोमबार ११:२६:००

सहरका फिटनेस सेन्टरहरू अहिले बन्द छन् । लामो लकडाउनका कारण घरमै निश्क्रिय रहनुपर्दा शारीरिक समस्या नआओस् भनेर व्यायामतिर आकर्षित् हुनेहरूको संख्या ठूलो छ । धेरैले मोबाइलमा फिटनेस एप डाउनलोड गरेर त्यसमा दिइने टिप्सका आधारमा पनि व्यायाम गरिरहेको पाइन्छ । कतिपयले यसका लागि युट्युबको सहारा पनि लिने गरेका छन् । भर्चुअल माध्यमको टिप्सका आधारमा शारीरिक व्यायाम गर्दा शरीरमा दीर्घकालीन असर पर्नेतर्फ पनि सचेत रहनुपर्छ ।

एपको फिटनेस अनुसरण गर्दा घुँडा, ढाड, जोर्नीको समस्या, हिपलाइनमा असर, मासु तन्किनेजस्ता समस्या देखिने सम्भावना हुन्छ।

- शारीरिक अवस्थाअनुसार व्यायाम पनि फरक हुन्छ । शारीरिक व्यायामसँगै क्यालोरीको मात्रा पनि मिलाउनुपर्छ । एपमा देखाइने व्यायाम पछ्याउँदा शरीरको कोण मिलाउन सक्नुपर्छ । यस्ता एपमा उपलब्ध हुने टिप्स सबैका हकमा लागू हुँदैन ।

- टिप्स हेरेर त्यसको सिको गर्न खोज्दा शरीरमा असर पर्न सक्छ । एपको फिटनेस अनुसरण गर्दा घुँडा, ढाड, जोर्नीको समस्या, हिपलाइनमा असर, मासु तन्किनेजस्ता समस्या देखिने सम्भावना हुन्छ । ढाड दुख्ने, घुँडाको समस्या हुने बिरामीको संख्या बढ्दो छ । यस्ता बिरामीले एप हेरेको भरमा व्यायाम गर्नु हुँदैन ।

- मोटोपना भएका तथा प्रसुतीका क्रममा शल्यक्रिया गर्नुपरेका महिलाले विशेष ध्यान पु-याउनुपर्छ । उनीहरूले फिटनेस प्रशिक्षकविना व्यायाम गर्नु हुँदैन ।

- यसको अर्थ शारीरिक व्यायाम नै गर्नु हुँदैन भन्ने होइन, प्रशिक्षकको सहयोग लिएर व्यायाम गर्दा मात्र शारीरिक समस्या आउँदैन

- यसअघि अभ्यस्त नभएकाहरूले घरमै बसेर गर्न सकिने योग, प्राणायामलगायत व्यायाम पनि छन् । मोटोपना र मेरुदण्डको समस्या भएका व्यक्तिले शारीरिक व्यायामभन्दा हिँडडुल गर्दा नै उचित हुन्छ । संगीतमा नृत्य र छतमै हिँडिरहने गर्दा पनि शरीरले प्रशस्त व्यायाम पाउन सक्छ ।