१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ जेठ १९ सोमबार ०९:४१:००
Read Time : < 1 मिनेट
सप्तरंग

बलिउडका लोकप्रिय संगीतकार वाजिद खानको निधन 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ जेठ १९ सोमबार ०९:४१:००

भारतीय चलचित्रका लोकप्रिय संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ । 

गायक सोनु निगम र वाजिदको परिवारले मुम्बईको एक अस्पतालमा सोमबार उनको निधन भएको पुष्टि गरेका छन् । 

पारिवारिक स्रोतले जनाएअनुसार दुई वर्षअगाडि वाजिद खानको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । हाल उनको घाँटीमा पनि संक्रमण देखिएको थियो र उनलाई चेम्बुरको सुराना अस्पतालमा भर्ना गरिएको थियो । 

म्युजिक कम्पोजर सलिम मर्चेन्टका अनुसार वाजिद चार दिनदेखि भेन्टिलेटरमा थिए । उनको स्वास्थ्य अवस्था नाजुक थियो । 

बलिउडको सांगीतिक क्षेत्रमा साजिद–वाजिदको जोडी लोकप्रिय मानिन्छ । यस जोडीले सन् १९९८ मा ‘प्यार किया तो डरना क्या’बाट आफ्नो बलिउड करिअर सुरु गरेका थिए ।वाजिदले 'मैं हुँ जलवा', 'फेभिकोल से' र 'चिन्ता ता चिता चिता'जस्ता लोकप्रिय गीतहरू पनि गाएका थिए ।  वाजिदले सलमान खानको वान्टेड, दबंग, एक था टाइगरजस्ता हिट चलचित्रमा काम गरेका थिए । 

वाजिद खानको निधनमा प्रियंका चोपडा, रणवीर सोरे, वरुण धवन, प्रिती जिन्टा, परिनिती चोपडालगायतका बलिउडकर्मीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।