मुख्य समाचार
नेपालगन्जबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना, ११ जनाको मृत्यु
Read Time : < 1 मिनेट
२०७७ जेठ १९ सोमबार ०८:०५:००
नेपालगन्जबाट सल्यान आउँदै गरेको फोर्स गाडी अगैयामा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना.५ख ५९९५ को साे गाडी राप्ती सोनारी– २ मा दुर्घटना भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार मृतकको केहीबेरमा सनाखत हुँदै छ । गाडीमा सल्यानको छत्रेश्वरी र बागचौरका धेरै भएकाे बताइएकाे छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।