१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ १९ सोमबार ०४:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

हिउँ छिचोल्दै पहिलोपटक हिल्सा पुग्यो सशस्त्र प्रहरी

चाँडै बिओपी स्थापना गरिने

Read Time : < 1 मिनेट
२०७७ जेठ १९ सोमबार ०४:४०:००

चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दशजनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर हिल्सा पुगेको छ । 

टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि औपचारिक रूपमा बिओपी स्थापना गरिने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । हिल्साको बिओपीमा इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोली खटिनेछ । गत वर्ष नै निर्णय भएको भए पनि हिल्सामा बिओपी स्थापना हुन सकेको थिएन । 

बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्नेछ । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो । हिमपातसँगै चिसो बढेपछि गत मंसिरदेखि टोली नाम्खा गाउँपालिकाको मुचुमा सरेको छ ।