मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १८ आइतबार १६:४१:००
Read Time : > 1 मिनेट
प्रविधि

दश करोडको मोबाइल प्रभावित पारिरहेको खतरनाक एप, तपाईंको फोनमा पनि छ कि ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १८ आइतबार १६:४१:००

एक चिनियाँ एन्ड्रोइड मोबाइल एपले दश करोडभन्दा बढी प्रयोगकर्ताको डाटा प्रभावित पारिरहेको सार्वजनिक भएको छ ।

चिनियाँ कम्पनी क्युभिडियो इंकले बनाएको ‘भिभा–भिडियो’ एपले प्रयोगकर्ताको विभिन्न डाटा चोर्ने प्रणाली अपनाएको पाइएको हो । 

गुगलको प्ले स्टोरमा रहेको यो एप निःशुल्क डाउनलोड गर्न मिल्ने र भिडियो इडिटिङका लागि राम्रो भएका कारण यसका प्रयोगकर्ता झन्डै दश करोडभन्दा बढी रहेका छन् ।

यो एपमा ट्रोजन राखिएको जनाइएको छ । ट्रोजन एक किसिमको कोड या सफ्टवेयर हो । यसले प्रयोगकर्ताको विभिन्न डाटाहरू चोरी गर्ने गर्छ ।

भिभा भिडियो एपमा पनि ट्रोजनको कोड रहेको जनाइएको छ । 

यसबाट एपले प्रयोगकर्ताको स्थान, फोन नम्बर, फोन रेकर्ड, नम्बर एवं अन्य फाइलहरू चोरी गर्न सक्छ ।

यो कम्पनीलाई यस्तै आरोप सन् २०१७ मा पनि लागेको सेक्युरेटी मेगाजिनले भिपिएनप्रोलाई उद्धृत गर्दै उल्लेख गरेको छ । 

क्युभिडियो कम्पनीकै ४० एपमा स्पायर अर्थात् काम नलाग्ने कोडहरू समावेश गरेको पाइएका कारण भारतीय सैनिकहरूलाई डिलिट गर्न लगाइएको जनाइएको छ ।

भारतमा पाँच करोडभन्दा बढी प्रयोगकर्ता रहेको यसै कम्पनीको भिडस्टेट्स भन्ने एपले पनि प्रयोगकर्ताको डाटा संकलन गर्न सक्ने अनुमति माग्ने गरेको जनाइएको छ ।

जब हामीले कुनै पनि एपलाई चलाउँछौँ, त्यतिवेला उक्त एपले विभिन्न कुरा, जस्तै कि क्यामेरा, फाइलको अनुमति माग्छ । 
त्यहाँबाट उक्त एपले हाम्रो मोबाइलको फाइलहरू हेर्न सक्छ ।

भिभा भिडियोले पनि त्यस्तै किसिमले प्रयोगकर्ताको मोबाइलका विभिन्न कुराको अनुमति मागेर डाटा संकलन गर्ने गरेको उल्लेख गरिएको छ । 

भिभा भिडियो प्रो, स्लाइडप्लस, भिडस्ट्याटस, टेम्पो र भिभाकटमा पनि मालसियस कोड रहेको जनाइएको छ ।

आइफोनका लागि रहेको भिभा भिडियोले भने निश्चित अनुमति मात्रै पाउने हुँदा आइफोनलाई भने कम प्रभावित पारेको हुन सक्ने अनुमान गरिएको छ ।