सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २१ आइतबार
  • Sunday, 05 July, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १८ आइतबार १६:३५:००
मुख्य समाचार

कोरोना संक्रमितकाे संख्या १५६७ पुग्याे, संक्रमित आठकाे मृत्यु

नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १८ आइतबार १६:३५:००

देशभरिमा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याेसमेत नेपालमा संक्रमितकाे संख्या १५ सय ६७ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये १४ सय ५० पुरुष र एक सय १७ जना महिला रहेकाे बताए ।

उनले शनिबार दैलेखमा निधन भएका ३५ वर्षीय पुरुष र आइतबार बाजुरामा निधन भएकी २ वर्षीया बालिकाकाे स्वाब परीक्षणमा काेराेना पोजेटिभ देखिएका जानकारी दिए । 

योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या आठ पुगेको छ । 

त्यसैगरी पछिल्लो समय  एकजना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या दुई सय २० पुगेको छ । जसमा पुरुष एक सय ७२ पुरुष र ४८ महिला  रहेका छन् ।

काेराेना संक्रमितकाे संख्या सबैभन्दा बढी प्रदेश २ मा देखिएकाे छ । प्रदेश २ मा ६ सय २४ जना संक्रमित पुगेका छन् । त्यसैगरी प्रदेश १ मा एक सय २४, बागमतीमा ४५, गण्डकीमा २३, प्रदेश ५ मा पाँच सय ६०, कर्णालीमा एक सय २३ र सुदूरपश्चिम प्रदेशमा २७ जना संक्रमित देखिएकाे मन्त्रालयले जनाएकाे छ ।