मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १८ आइतबार १५:५२:००
Read Time : < 1 मिनेट
समाचार

बजेटले अहिलेको चुनौती आत्मसात् गरेको छ : विष्णु पौडेल

Read Time : < 1 मिनेट
२०७७ जेठ १८ आइतबार १५:५२:००

नेकपाका नेता विष्णु पौडेलले बजेटले आजको चुनौती र भोलिको सम्भावनालाई आत्मसात् गरेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै पौडेलले बजेट यथार्थपरक रहेको बताए।

‘बजेटले हाम्रो स्रोत के हो भन्ने कुरालाई महत्व दिएको छ। यसले आन्तरिक राजस्वलाई आफ्नो स्रोतको मुख्य आधार मानेको छ,’ उनले भने, ‘बजेट यथार्थपरक छ। यसको निश्चित लक्ष्य छ। बजेटले स्पष्टसँग नागरिकको जीवनरक्षालाई महत्वपूर्ण मुद्दा बनाएको छ।’ 

आर्थिक पुनरुत्थान, विकासमा निरन्तरता, लोककल्याणकारी राज्य, स्वाधीन, समुन्नत र समाजवादउन्मुख राष्ट्र निर्माण बजेटको मुख्य लक्ष्य भएको उनले बताए। 

बजेटका चुनौतीहरू रहेको भन्दै उनले चुनौती सामना गर्ने आँट गरेर मात्रै समाजलाई अघि बढाउन सकिने बताए। बजेटको प्रभावकारी कार्यान्वयनले आजको चुनौती सामना गर्न र समाजवादतर्फ अगाडि बढ्न सहयोग पुग्ने उनको भनाइ थियो।