मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ जेठ १८ आइतबार १५:४७:००
Read Time : > 1 मिनेट
अर्थ

लकडाउनका बीच स्मार्ट लाइसेन्स धमाधम छापिँदै, एक लाख ६० हजार छापियो

Read Time : > 1 मिनेट
२०७७ जेठ १८ आइतबार १५:४७:००

कोरोना भाइरस नियन्त्रणका लागि देशभर लकडाउन भएको छ । लकडाउनका बीच स्मार्ट लाइसेन्स छपाइको काम भने निरन्तर चलिरहेको छ । 

१५ महिनादेखि स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको यातायात व्यवस्था विभागले लकडाउनका वेला लाइसेन्स छपाइको रफ्तार बढाएको जनाएको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले लकडाउनको समय पारी सडक निर्माणको कार्यलाई तीव्रता दिइरहेकै वेला उनीमातहत रहेको विभागले पनि आफ्नो काममा तीव्रता दिएको हो । 

११ चैतपछि लागू गरिएको लकडाउन लगत्तै लाइसेन्सको छपाइ रोकिएको थियो । 

तर, यातायात व्यवस्था विभागले मन्त्री नेम्वाङको निर्देशनपछि स्मार्ट लाइसेन्स छपाइको कामलाई निरन्तरता दिएको हो । 

त्यसपछि विभागले अहिलेसम्म एक लाख ६० हजार स्मार्ट लाइसेन्स छापेकाे यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले जानकारी दिए ।

‘लकडाउन भएसँगै छपाइको काम  केही समय राकियो, पुनः निरन्तरता दियौँ अहिले छपाइ गर्ने व्यक्तिहरूले सुरक्षा सामग्री अपनाएर काम गरिरहेका छन्,’ हमालले भने ।

अहिले भने दैनिक ३० देखि ४० हजार थान लाइसेन्स छपाइ भइरहेको हमालले बताए । 

‘छाप्न पर्ने स्मार्ट लाइसेन्स अझै दुई लाख ७० हजार जति रहेको छ, हामीले लकडाउन खुलेपछिको अवस्थामा  सहज रूपमा लाइसेन्स  वितरण गर्ने  गरी काम गरिरहेका छौँ,’ हमालले भने ।

मन्त्री नेम्वाङको अग्रसरता
तत्कालीन भौतिक पूर्वधारमन्त्री रघुवीर महासेठको बर्हिगमनपश्चात् मन्त्रालयकाे जिम्मेवारी पाएका मन्त्री वसन्त नेम्वाङले सडक सञ्जालदेखि यातायातभित्रको क्षेत्रलाई सुधार्दैै ल्याएका छन् । 

वर्षौंदेखि अल्झिरहेको स्मार्ट लाइसेन्सको समस्यालाई चाँडो समाधान गर्न उनकाे सक्रियता देखिन्छ । 

सेवाग्राहीले आवेदन दिएको १५ महिनासम्म पनि लाइसेन्स नपाएको गुनासो बढेको छ । 

महासेठ मन्त्री हुँदा यातायात व्यवस्था विभागले झन्डै १८ करोडमा कार्डसहित खरिद गरेको ‘मासप्रिन्टर’ ल्याएको थियो । 
तर पनि सेवाग्राहीले लाइसेन्स सहज ढंगबाट पाउन भने सकेका थिएनन् । 

गत भदौमा ल्याएको ‘मासप्रिन्ट’ पनि दक्ष जनशक्तिको अभाव र मेसिनमा समस्या भएको बहाना बनाएर दुई महिनासम्म रोकेर राखिएको थियो । 

हाल सोही ‘मासप्रिन्ट’बाटै छपाइको काम भइरहेको छ ।