मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १८ आइतबार १५:३४:००
Read Time : < 1 मिनेट
समाचार

हत्या आरोपी अढाई वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
२०७७ जेठ १८ आइतबार १५:३४:००

सिराहामा अढाई वर्षअघि भएको एउटा हत्या घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त प्रहरी टोलीले मिर्चैया नगरपालिका– १ का २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई पक्राउ गरेको हो। 

सिराहाको मिर्चैया नगरपालिका– ११ सीतापुरस्थित ससुराली घरमा लुकेर बस्दै आएका यादवलाई प्रहरीले सुराकीको आधारमा शनिबार राति पक्राउ गरेको हो। 

यादवसहितका दुईजनाले २३ असोज २०७४ मा कर्जन्हा नगरपालिका– १० प्रयागपुरका ३६ वर्षीय शशिभूषणप्रसाद साहलाई धारिलो हतियार प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। घटनाका आरोपी सोमन भनिने रामइश्वर कापरीलाई प्रहरीले २५ पुस ०७४ मै पक्राउ गरेको थियो।