मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ १८ आइतबार १४:३७:००
Read Time : < 1 मिनेट
समाचार

महाकाली अस्पताललाई भीमदत्त नगरपालिकाको १० लाख सहयाेग

Read Time : < 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ १८ आइतबार १४:३७:००

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

कोरोना संक्रमण बढिरहेका वेला त्यसको तयारी, औषधि एवं उपकरण खरिदका लागि नगरपालिकाले महाकाली अस्पताल सुधारका लागि आर्थिक सहयोग गरेको हो । भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले महाकाली अस्पताललाई थप व्यवस्थित गर्न नगरपालिकाले सहयोग गर्दै आएको बताए ।

कोरोना रोकथाम एवं उपकरण खरिदका लागि स्थानीय सरकारबाट सक्दो सहयोग गरिएको भन्दै मेयर विष्टले भीमदत्त नगरपालिकाले अस्पताल सुधार गरी सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउन चाहेको बताए । त्यसका लागि सहकार्य, सहयोग निरन्तर रहने पनि उनले स्पष्ट पारे । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले नगरले अस्पताल सुधारमा उल्लेख्य सहयोग गरेको बताए ।

अध्यक्ष जोशीले अस्पताल कोरोना संक्रमितको उपचारका लागि प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरिप्रसाद खतिवडाको उपस्थितिमा मेयर विष्टले अस्पताल विकास समितिका अध्यक्ष जोशी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।