१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १८ आइतबार १४:३२:००
Read Time : < 1 मिनेट
अर्थ

विद्युतीय सवारीसाधनमा भन्सार दर बढाएको भन्दै व्यवसायीको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १८ आइतबार १४:३२:००

विद्युतीय सवारीसाधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाइल्स व्यवसायीहरूले विरोध जनाएका छन् ।

अटोमोबाइल व्यवसायीहरूको संस्था ‘नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल’ले आइतबार पत्रकार सम्मेलन गरी सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा भन्सार दर बढाएको भन्दै विरोध जनाएको हो । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतीय सवारीसाधनको व्यवसायमा संलग्न व्यवसायीको लगानी डुब्ने खतरा रहेको बताए । 

उनले यसअघि सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गरेपछि व्यवसायीले लगानी बढाएको अवस्थामा फेरि पेट्रोलियम सवारीसाधनमा जस्तै कर लगाउँदा सवारीसाधनको मूल्य महँगो पर्न जाने भएकाले व्यवसायीको लगानी डुब्ने खतरा रहेको बताए । 

उनले कर बढाउँदा सवारीसाधनको मूल्य बढ्ने र उपभोक्ताले प्रयोग गर्न नसक्ने भएकाले व्यवसायीको लगानी डुब्ने बताए । 

विद्युतीय सवारीको कर बढाउँदा मूल्य बढने र विद्युतीय सवारीसाधन कसैले पनि प्रयोग नगर्ने भएकाले विद्युत् खपत पनि नबढ्ने अध्यक्ष दुलालले बताए । 

उनले देशभित्र उत्पादित उद्युतको खपत बढाउनका लागि पनि विद्युतीय सवारीसाधनमा कर वृद्धि गर्न नहुने बताए ।