Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रमेश रावल कालिकोट
२०७७ जेठ १८ आइतबार १२:२०:००
Read Time : < 1 मिनेट
समाचार

कालिकोटमा कोरोना संक्रमित र अन्यलाई एउटै क्वारेन्टाइनमा राख्दा त्रास बढ्यो

Read Time : < 1 मिनेट
रमेश रावल, कालिकोट
२०७७ जेठ १८ आइतबार १२:२०:००

कालिकोट शुभकालिका र महावै गाउँपालिकाका कोरोना संक्रमित तिलागुफा नगरपालिका– ६ सत्यदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा छन् । 

१८ जना कोरोना संक्रमितसँगै अहिले विद्यालयमा एक सय ३६ जना राखिएको छ । 

कोरोना संक्रमितसँगै अन्यलाई एकै ठाउँमा राख्दा संक्रमण सर्ने खतरा बढेकाे गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले बताए । 

'संक्रमितलाई छुट्टै नराख्दा क्वारेन्टाइनमा बसेका अन्यमा कोरोना संक्रमणको डर बढेको छ,' चौलागाईंले भने ।  

उनले कोरोना संक्रमितलाई आइसोलेसनमा भर्ना गर्नका लागि प्रदेश सरकार र अन्य अस्पतालसँग अनुराेध गरिएकाे बताए । 

कोरोना संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसन वा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गर्ने भन्ने विषयमा छलफल भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए । 

‘कोरोना संक्रमितलाई कुन अस्पतालमा भर्ना गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,’ उनले भने, ‘जुम्ला वा जिल्ला अस्पताल कालिकोट कहाँ उपचार गर्ने भन्ने विषयमा छलफलपछि मात्र थाहा हुन्छ ।’