मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
यज्ञप्रसाद सापकोटा बर्दिया
२०७७ जेठ १८ आइतबार १२:०४:००
Read Time : < 1 मिनेट
अर्थ

बर्दियाकाे मधुवन नगरपालिकाले भारतबाट आउने तरकारी र मासुजन्य पदार्थमा रोक लगायाे

Read Time : < 1 मिनेट
यज्ञप्रसाद सापकोटा बर्दिया
२०७७ जेठ १८ आइतबार १२:०४:००

बर्दियाको मधुवन नगरपालिकाले भारतबाट तरकारी र मासुजन्य पदार्थ आयात गर्न रोक लगाएको छ ।

नगर कार्यपालिकाको बैठकले लकडाउन अवधिभर मात्र नभई सधैँका लागि भारतबाट तरकारी र मासुजन्य पदार्थ आयात गर्न प्रतिबन्ध लगाएको हो । भारतबाट आयात हुने तरकारी र मासुजन्य पदार्थका कारण स्थानीय कृषकको उत्पादनले बजार नपाएकाले रोक लगाइएको मधुवन नगरपालिकाका मेयर गणेशबहादुर केसीले बताए ।

मेयर केसीले भारतबाट आयात हुने तरकारीमा अत्यधिक विषादी हुने भन्दै नगरभित्रका कृषकलाई तरकारी र मासुजन्य पदार्थ उत्पादनका लागि प्रोत्साहनसमेत गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताए । भारतबाट तरकारी आयात बन्द गर्ने निर्णय भएसँगै स्थानीय कृषक भने उत्साहित भएका छन् ।

भारतबाट तरकारी आयातमा रोक लगाइँदा अस्वाभाविक रूपमा मूल्य बढ्ने सक्ने भएकाेले नगरपालिकाले अनुगमनलाई पनि सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ ।