१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ १८ आइतबार १२:०३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

दैलेख अस्पतालको इमर्जेन्सी वार्ड सिल

Read Time : < 1 मिनेट
२०७७ जेठ १८ आइतबार १२:०३:००

दैलेख अस्पतालको इमरजेन्सी वार्ड शनिबार रातिदेखि सिल गरिएको छ । 

भारतबाट आएका एक युवा क्वारेन्टाइनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको इमरजेन्सी वार्डमा उपचार गराएका र उनको आरडिटी परीक्षण गर्दा एण्टिवडी पोजेटिभ देखिएपछि इमरजेन्सी वार्ड सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

उपचारार्थ आएका सुगरका विरामीसमेत रहेका २२ वर्षीय पुरुषमा आरडिटी पाेजेटिभ देखिएकाले सिल गर्नुपर्ने अवस्था आएको अस्पतालका खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए । 

ती युवालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

अहिले अन्य बिरामीहरूको उपचारका लागि छुट्टै आपतकालिन कक्ष स्थापना गरिएको छ । 

जिल्लामा स्वास्थ्यकर्मीहरुको अभाव भएका बेलामा झनै समस्या उत्पन्न भएको स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिए ।