१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ १८ आइतबार ११:२८:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनमा गाउँ फर्किएका युवाले सुरु गरे रगत संकलन अभियान

Read Time : < 1 मिनेट
२०७७ जेठ १८ आइतबार ११:२८:००

लामो समयदेखिको लकडाउनको कारण बिरामीलाई रगतको अभाव हुन थालेपछि फिदिमका युवाले रगत संकलन अभियान सुरु गरेका छन्।

कोरोना भाइरस (कोभिड– १९) को महामारीसँगै गाउँ फर्किएका युवाले सिर्जनात्मक काम गर्ने उद्देश्यसहित रगत संकलन सुरु गरेका जागरण फाउन्डेसनका अध्यक्ष प्रदीप बाँस्कोटाले जानकारी दिए। 

शनिबार फिदिम नगरपालिका–७ तमाखेका २० युवाले रक्तदान गरेका छन्। गाउँका अरू थुप्रै युवा रक्तदान गर्ने तयारीमा रहेका बाँस्कोटाले बताए। नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाले रक्तदान कार्यक्रमको संयोजन गरेको सभापति कृष्णप्रसाद बाँस्कोटाले बताए। 

जिल्लामा रगत अभाव भए थप रगत संकलन गरिने फाउन्डेसनका अध्यक्ष बाँस्कोटाले बताए। पाँचथरबाट उपचारका लागि अन्यत्र गएका बिरामीका लागि रगतको व्यवस्था मिलाइने रेडक्रस सोसाइटी पाँचथर शाखाले जनाएको छ।