मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १८ आइतबार ०६:२१:००
Read Time : > 2 मिनेट
अर्थ

नेपालमा साओमीका एमआई १०  र एमआई नोट १० लाइट सार्वजनिक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १८ आइतबार ०६:२१:००

साओमीले बजारमा एमआई सिरिजका दुई फ्ल्यागसिप स्मार्ट फोन सार्वजनिक गरेको छ । साओमी नेपालले एमआई १० र एमआई नोट १० लाइट सार्वजनिक गरेको हो ।  एमआई १० नेपालका लागि पहिलो र सबैभन्दा नयाँ स्मार्ट फोनको प्रिमियम फ्ल्यागसिप रहेको कम्पनीको दाबी छ । यसमा १०८ मेगापिक्सेल क्वाड क्यामेरा सेटअप, ५ जी कनेक्टिभिटीका लागि क्वालकम स्न्यापड्रेगन ८६५ चिपसेट रहेको छ । त्यस्तै, थ्रिडी कर्ब्ड एमोलेड डिस्प्ले, ४७८० एमएएच ब्याट्री र ३० वाट वायरलेस चार्जिङ रहेको छ । एमआई नोट १० लाइटमा ६.४७ इन्च एमोलेड डिस्प्ले, भर्सटाइल ६४ एमपी क्वाड क्यामेरा सेटअप, क्वालकम स्न्यापड्रेगन ७३० जी एसओसी र ५२६० एमएएच ब्याट्री रहेको जनाइएको छ । 

एमआई १०
एमआई १० मा आठ क्रायो ५८५ कोरसँग क्वालकम स्न्यापड्रेगन ८६५ चिपसेट रहेको छ । यसमा छिटो ५जी कनेक्टिभिटीका लागि एक्स ५५ मोडेम रहेको र एकैपटकमा तीन नेटवर्कहरू (२.४ जिएचजेड वाइफाई, ५ जिएचजेड वाइफाई र मोबाइल डाटा) एकैसाथ जडानका लागि ५जी मल्टिलिंक समर्थन गर्ने कम्पनीले जनाएको छ । 

८ जिबी र्‍याम र १२८ जिबी वा २५६ जिबी रोम (युएफएस ३.०) का साथ, एमआई १० ले दु्रत प्रतिक्रिया र एक अल्ट्रा स्मुद अपरेटिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । परिष्कृत कुलिङ प्रणालीका साथ जोडिएको एमआई १० ले लिक्विड कुल २.० प्रयोग गर्छ । यो ठूलो भ्यापर च्याम्बर समावेश भएको साथै स्थिर पिक पर्फमेन्स सुनिश्चित गर्न र तातोलाई हटाउनका लागि मल्टिलेयर ग्रेफाइट र ग्राफिन स्ट्याक्स भएको एक उन्नत कुलिङ प्रणाली भएको जनाइएको छ । 

एमआई १० मा ओआइएस सक्षम १०८ एमपी क्वाड रियर क्यामेरा सेटअपका साथ स्मार्ट फोन फोटोग्राफी र भिडियोग्राफी रहेको छ । प्रयोगकर्ताले १०८ एमपी प्राइमरी सेन्सरका साथ नांगो आँखाले नदेखिने विवरणहरूको अल्ट्रा क्लियर सटहरू पनि खिच्न सक्नुका साथै १२३ डिग्री एफओभीका साथ १३ एमपीको अल्ट्रा वाइड एंगल लेन्सका माध्यमबाट वस्तुहरूको पूर्ण दृश्य अनुभव गर्न सक्ने जनाइएको छ । म्याक्रो लेन्सले प्रयोगकर्तालाई विविड क्लोज अप सट लिन मद्दत गर्छ, जबकि डेप्थ सेन्सरले प्राथमिक सेन्सरलाई पोट्रेटका लागि चिनेल्लो बोकेह मोड बनाउन मद्दत गर्छ । एमआई १० ले ३० एफपिएसमा युएचडी ८ के भिडियो रेकर्डिङ समर्थन गर्छ । ८ जिबी र्‍याम र २५६ जिबी रोमको एमआई १० को मूल्य ८९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । 

एमआई नोट १० लाइट

यसमा ६.४७ इन्च थ्रिडी कब्र्ड एमोलेड डिस्प्ले र पछाडि थ्रिडी कब्र्ड ग्लास रहेको छ । इनस्क्रिन फिंगरप्रिन्ट डिटेक्टर सेन्सर रहेको र अत्यधिक प्रतिक्रियाशील भएकाले यसले तत्कालै एक झप्कोमा आफ्नो दैनिक तालिका अनलक गर्न मिल्ने कम्पनीले जनाएको छ । दुवै उपकरणका अगाडि र पछाडि कोर्निङ गोरिला ग्लास ५ रहेको छ । यसको ६४ एमपी क्वाड क्यामेरा सेटिङ र उद्योगकै अग्रणी सोनी आइएमएक्स ६८६ सेन्सरलाई छिटो तस्बिरहरूका लागि र अल्ट्रा वाइड एंगल फोटोहरूका लागि समर्पित सेन्सरहरू, नजिकको म्याक्रो सट र भव्य चित्रहरूको प्याक प्रदान गर्ने गरी निर्माण गरिएको कम्पनीको दाबी छ । यसमा ९६० एफपिएस स्लो मोसन क्याप्चर, ४ के भिडियो सुटिङ र भ्लग मोडजस्ता सुविधा रहेको छ । यसको ५२६० एमएएच ब्याट्रीले एकपटक चार्ज गरेर दुई दिन प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । यसको मूल्य ४४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । 

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले साओमीमा नवीनताका लागि नयाँ बेन्चमार्क स्थापना गर्ने र प्रविधिको यथास्थितिमा नवीन परिवर्तन ल्याउनमा विश्वास गर्ने बताए । एमआई १० मार्फत नेपालका उपभोक्ताका लागि प्रिमियम स्मार्ट फोन अनुभवलाई नयाँ परिभाषित गर्ने लक्ष्य राखेको उनको भनाइ छ । दुवै फोन अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर डराज डट कम डट एनपीमा छिट्टै उपलब्ध हुने उनले जानकारी दिए ।