Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १८ आइतबार ०६:२९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोना भर्सेस रोग प्रतिरोधी क्षमता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १८ आइतबार ०६:२९:००

- कोरोना भाइरसविरुद्धको खोप र औषधि उपलब्ध नहुँदासम्म यसबाट बच्न शरीरको रोग प्रतिरोधी क्षमता बढाउनु एक मात्र विकल्प बनेको छ । संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने, सेल्फ आइसोलेसनमा बस्ने कुरामा विश्वभरका मानिस अभ्यस्त बन्दै छन् ।

-विभिन्न अध्ययनअनुसार कोरोनाबाट रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिस बढी प्रभावित देखिन्छन् । यसबाट ज्येष्ठ नागरिक बढी जोखिममा छन् तर वयस्कको मृत्युदर पनि कम छैन ।

संक्रमणविरुद्ध लड्न स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्छ । यसका लागि पोषणयुक्त खानपान र नियमित व्यायामको आवश्यकता हुन्छ।

- अमेरिकन फेडेरेसन फर एजिङ रिसर्चको तथ्यांकअनुसार ५५ वर्षभन्दा बढी उमेरका मानिस कोरोनाको बढी जोखिममा छन् । जीवविज्ञानको आधारभूत तथ्यअनुसार उमेर बढ्दै जाँदा प्रतिरोधी क्षमता घट्दै जान्छ । बिस्तारै कोष र कोषिका नष्ट हुँदै जाने भएकाले प्रतिरोधी क्षमता पनि कम हुने गर्छ । तर, पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीमा ध्यान दिएमा  प्रतिरोधी क्षमता बढाउन सकिन्छ ।

- प्रतिरोधी क्षमता कमजोर हुँदै गएपछि शरीरका कोषिका सुन्निने क्रम बढ्दै जान्छ । यस्तो समस्या भएका व्यक्तिमा भाइरसले छिटो प्रभाव पार्छ । श्वास–प्रश्वासको माध्यमबाट श्वासनली र फोक्सोमा प्रवेश गरेर कोरोना भााइरसले कोषहरूमा क्षति पु-याउन थाल्छ । भाइरस फैलिँदै गएपछि कोष नष्ट हुँदै जान्छन्, जसले शरीरका अंगमा बिस्तारै समस्या उत्पन्न गराउँछ ।

- मोटोपना भएका मानिस कोरोना संक्रमणबाट बढी प्रभावित हुने अध्ययनहरूले देखाएका छन् । त्यसैले संक्रमणविरुद्ध लड्न स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्छ । यसका लागि पोषणयुक्त खानपान र नियमित व्यायामको आवश्यकता हुन्छ ।

- लकडाउनको समयमा घरमै निष्क्रिय भएर बस्नुपर्ने बाध्यताले मानिसमा मोटोपनको समस्या बढ्दो छ । मोटोपनासँगै अन्य स्वास्थ्य समस्या पनि निम्तिने भएकाले यसबाट बच्न चिकित्सकहरूले सल्लाह दिँदै आएका छन् ।

- नियमित व्यायाम गर्नाले शरीरका मांसपेसी सक्रिय रहन्छन् । व्यायामका कारण मांसपेसीमा बोसो कम हुने भएकाले कोषिका स्वस्थ रहन्छन् ।

- घरमै पनि दैनिक व्यायाम गर्न सकिन्छ । संक्रमणको जोखिम घटाउन, दीर्घकालीन स्वास्थ्य समस्या कम गर्न, पर्याप्त निद्रा र एन्जाइटीजस्ता सम्भावित समस्याबाट बच्न पनि व्यायाम अत्यावश्यक छ ।