१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ जेठ १७ शनिबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार

तस्बिरमा यस्तो देखियो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

Read Time : < 1 मिनेट
२०७७ जेठ १७ शनिबार १८:१५:००

प्रमुख प्रतिपक्षी दल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ । कोरोना कहरका बीच दूरी कायम गरेर कांग्रेसले बैठक बोलाएको हो । 

बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने प्रस्ताव प्रस्तुत भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ भन्ने प्रस्ताव पेस भएको हो । 

बैठकमा सभापति शेरबहादुर देउवाले नेपालको नयाँ नक्सासँग सम्बन्धित विषयमा सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने बताएका थिए । नयाँ पत्रिका फोटोपत्रकार अमुल थापाले कांग्रेस केन्द्रीय समिति बैठकलाई फोटोमा उतार्ने प्रयास गरेका छन् ।