मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १७ शनिबार १६:३३:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

नेपालमा कोरोना मिटर : संक्रमितको संख्या १४०१ पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १७ शनिबार १६:३३:००

देशभर काेराेना संक्रमितकाे संख्या एक हजार चार सय एक पुगेको छ । जसमा १२ सय ८८ जना पुरुष र एक सय १३ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय थपिएका एक सय ८९ नयाँ संक्रमितसँगै संख्या बढेर १४ सय नाघेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

नयाँ थपिएकामा एक सय ८५ पुरुष र चारजना महिला रहेका छन् । 

जसमा धनुषाका सातजना, झापाका एकजना, कपिलवस्तुका ७७ जना, ललितपुरकी एक जना, महोत्तरीका चारजना, रौटहटका ६ जना, सर्लाही १७ जना र सिराहाका ११ जना रहेका छन् । 

त्यसैगरी कपिलवस्तु २९ जना, सप्तरीका नाैजना रहेका छन् । 

त्यसैगरी कपिलवस्तुकै तीनजना, दाङका पाँचजना, बाराका एकजना, पर्साका दुईजना रहेका छन् ।

त्यसैगरी दैलेखका १४ जनामा पनि संक्रमण पाइएको छ । त्यसैगरी संखुवासभामा पहिलोपटक दुईजनामा संक्रमण पाइएको छ । 

शनिबार कोरानो निको भई थप १३ जना डिस्चार्ज भएका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । 

योसँगै हालसम्म देशभर गरी दुई सय १९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा एक सय ७२ जना पुरुष र ४७ महिला रहेका छन् । 

प्रादेशिक हिसाबले प्रदेश १ मा एक सय ६० जना, प्रदेश २ मा पाँच सय ४७ जना, बागमती प्रदेशमा ४५ जना कोरोना संक्रमित उपचारका क्रममा छन् । 

त्यसैगरी गण्डकी प्रदेशमा २० जना, प्रदेश ५ मा पाँच सय ४७ जना, कर्णाली प्रदेशमा ६१ जना र सुदूरपश्चिम प्रदेशमा २१ जना संक्रमित उपचारका क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

देशभरका ५३ जिल्ला कोरोनाबाट प्रभावित बन्न पुगेका छन् । 

मन्त्रालयका प्रवक्ता डा. देवकोटाले दैलेखको दुल्लुमा क्वारेन्टाइनमा निधन भएका भनिएका व्यक्तिको स्वाब परीक्षणकै क्रममा रहेकाले उनको निधन कोरोनाबाट भए–नभएको अहिले नै भन्न नसकिने बताए ।