मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका नवलपरासी
२०७७ जेठ १७ शनिबार १५:३७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोनामाथि विजय : नवलपुरमा एक कोरोना संक्रमित महिला निको भई डिस्चार्ज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
२०७७ जेठ १७ शनिबार १५:३७:००

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाकी एक कोरोना संक्रमित महिला निको भएर डिस्चार्ज भएकी छिन् । 

सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा उपचाररत २४ वर्षीया महिला शनिबार अस्पतालबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

रुपन्देही घर भएकी ती महिला १९ वैशाखमा रुपन्देहीबाट नवलपरासीको चौधरी ग्रामअगाडि रहेको आफ्नो माइतीमा दश दिन बसेर २९ गते काठमाडौं गएकी थिइन् ।

उनमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।

नवलपुरमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा पाँचजना उपचाररत रहेका छन् भने एकजना ती महिला निको भएर डिस्चार्ज भएकी छिन् ।