१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
२०७७ जेठ १७ शनिबार १३:३६:००
Read Time : < 1 मिनेट
समाचार

आज लकडाउनको ६८औँ दिन

Read Time : < 1 मिनेट
२०७७ जेठ १७ शनिबार १३:३६:००

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन लागू गरेको आज (शनिबार) ६८ दिन पुगेको छ।

११ चैतदेखि सुरु भएको लकडाउनको समयावधि पटकपटक थप गर्दै २० जेठसम्म पुऱ्याइएको छ। लामो लकडाउनले जनजीवन प्रभावित भएको छ। 

तैपनि देशैभर लकडाउनको पालनामा कुनै कमी आएको छैन। शनिबार काठमाडौं उपत्यकामा सवारीसाधन र मानिसहरूको आवागमन न्यून देखिएको छ। उपत्यकाका मुख्य सडकमा अत्यावश्यक सेवा र पासवाहक सवारीसाधन मात्रै सञ्चालनमा छन्। 

सडकमा ट्राफिक प्रहरीले सवारीसाधनको जाँचमा कडाइ गरेको छ। पास नलिई सञ्चालन गरिएका सवारीसाधन नियन्त्रणमा राख्ने गरिएको छ। 

त्यस्तै सडकमा मानिसहरूको आवागमन न्यून छ। उपत्याकाका भित्री सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ। सबै पसल बन्द छन् भने मानिसको आवागमन पनि न्यून छ। 

अत्यावश्यक खाद्य सामग्री र तरकारी पसलहरू बिहान र बेलुका मात्रै खुल्ने गरेका छन्। मानिसले सामाजिक दूरी कायम राखेका छन्।