मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १६ शुक्रबार १९:४०:००
Read Time : < 1 मिनेट
समाचार

चट्याङ लागेर दुई महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ जेठ १६ शुक्रबार १९:४०:००

त्रिवेणी गाउँपालिका– ७ गाङनजिक जाङडाँडामा चट्याङ लागेर दुई महिलाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । शुक्रबार बिहान पौने १० बजे जाङडाँडास्थित सविन बुढाको घरमा चट्याङ पर्दा २४ वर्षीया आशा बुढा र उनकी फुपूसासू ७५ वर्षीया खिर्मा बाठामगरको ज्यान गएको हो ।

चट्याङबाट सविन सामान्य घाइते भएका छन् । चारजना सँगै घरमा बसिरहेका वेला परेको चट्याङले आशा र खिर्मा बेहोस भएका थिए । सँगै बसेका आशाका श्रीमान् सविनलाई सामान्य चोट लागेको र आशाको काखमा रहेको दुई वर्षीय बालक भने सकुशल रहेको त्रिवेणी गाउँपालिका रोल्पाकी उपाध्यक्ष सावित्रा बुढा घर्तीमगर जानकारी दिइन् ।

घटनालत्तगै घाइतेहरूलाई जिल्ला अस्पताल रेउघा लगे पनि उपचारका क्रममा दुवै महिलाको मृत्यु भएको जिल्ला अस्पतालका डा. प्रकाश बुढाले जानकारी दिए ।