Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ १६ शुक्रबार १५:५१:००
Read Time : > 1 मिनेट
अर्थ

देशका ६ महानगरपालिकालाई नौ अर्ब ४७ करोड अनुदान

Read Time : > 1 मिनेट
२०७७ जेठ १६ शुक्रबार १५:५१:००

सरकारले आगामी आर्थिक वर्षमा महानगरपालिकाहरूका लागि नाै अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ । 

समानीकरण, ससर्त, विशेष र समपूरक अनुदानका रूपमा ६ वटा महानगरपालिकाका लागि नौ अर्ब ४७ करोड सात लाख रुपैयाँ विनियोजन गरिएको छ । 

महानगरले तीन अर्ब दुई करोड २९ लाख समानीकरण अनुदान पाएका छन् । 

पाँच अर्ब ९४ करोड ४२ लाख रुपैयाँ ससर्त, २७ करोड ९० लाख रुपैयाँ विशेष र २२ करोड ५६ लाख रुपैयाँ समपूरक अनुदान दिइएको छ । 

काठमाडौं र विराटनगर महानगरपालिकाले विशेष र समपूरक अनुदान पाएका छैनन् । 

पोखरा महानगरपालिकाले सबैभन्दा बढी दुई अर्ब ५२ करोड ६० लाख रुपैयाँ पाएको छ भने सबैभन्दा कम विराटनगर महानगरपालिकाले ९९ करोड ३१ लाख रुपैयाँ मात्रै पाएको छ । 

पोखराले  ५७ करोड ७३ लाख रुपैयाँ समानीकरण, एक अर्ब ७९ करोड ८७ लाख रुपैयाँ ससर्त, नाै करोड रुपैयाँ विशेष र ६ करोड रुपैयाँ समपूरक अनुदान पाउने भएको छ । 

विराटनगर महानगरपालिकाले ३६ करोड ९७ लाख समानीकरण र ६२ करोड ३४ लाख ससर्त अनुदान पाउनेछ । 

काठमाडौं महानगरपालिकाले एक अर्ब ८८ करोड २३ लाख रुपैयाँ अनुदान पाउने भएको छ । त्यसमध्ये ७२ करोड ८२ लाख रुपैयाँ समानीकरण र एक अर्ब १५ करोड ९५ लाख रुपैयाँ ससर्त अनुदान हो । 

वीरगन्ज महानगरपालिकाले एक अर्ब ३९ करोड ८९ लाख रुपैयाँ अनुदान पाउनेछ । 

त्यसमध्ये ४२ करोड ८८ लाख समानीकरण, ७५ करोड १६ लाख ससर्त, १७ करोड ८० लाख विशेष र चार करोड पाँच लाख रुपैयाँ समपूरक अनुदान हो । 

यस्तै, भरतपुर महानगरपालिकाले एक अर्ब ५६ करोड पाँच लाख रुपैयाँ पाउनेछ । जसमध्ये ४६ करोड १० लाख रुपैयाँ समानीकरण, एक अर्ब ६ करोड ४४ लाख ससर्त, एक करोड रुपैयाँ विशेष र दुई करोड ५१ लाख रुपैयाँ समपूरक अनुदान हो । 

ललितपुर महानगरपालिकाले एक अर्ब १० करोड ९९ लाख पाउने भएको छ । 

ललितपुरले ४६ करोड ३३ लाख समानीकरण, ५४ करोड ६६ लाख ससर्त र १० करोड रुपैयाँ समपूरक अनुदान पाउने भएको हो । 

पोखरा काठमाडौंपछि सबैभन्दा बढी जनसंख्या भएको महानगर हो । 

पोखराको जनसंख्या चार लाख दुई हजार नौ सय ९५ छ । पोखरा महानगर क्षेत्रफलका आधारमा पनि देशकै सबैभन्दा ठूलो महानगर हो । 

काठमाडौंको जनसंख्या नौ लाख ७५ हजार चार सय ५३, ललितपुरको दुई लाख ८४ हजार नौ सय २२, विराटनगरको दुई लाख १४ हजार ६ सय ६३, वीरगन्जको दुई लाख ४० हजार पाँच सय दुई र भरतपुर महानगरको दुई लाख ८० हजार पाँच सय दुई रहेको छ । 

यस्तै, काठमाडौं महानगरको क्षेत्रफल ५०.६७ वर्गकिमि छ भने ललितपुरको ३६.१२, विराटनगरको ७६.९९, वीरगन्जको ७५.२५, भरतपुरको ४ सय ३२.९५ वर्गकिमि रहेको छ ।